२१ बीमा कम्पनीको सेयर मूल्य घट्यो, अब प्रतिकित्ता कतिमा किन्न पाइन्छ ?

१८ फाल्गुन २०८०, शुक्रबार १५:४०

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अकंले घटेको छ । बजार ओरालो लाग्दा २२० कम्पनीको सेयर मूल्य ओरालो लागेको हो ।

बिहिबार कारोबारमा आएका १२ वटै जीवन बीमा कम्पनीको सेयर मूल्य घटेको छ । जीवन बीमा कम्पनीको सेयर १३१.९८ अकंले घटेर ९८६०.३३ बिन्दुमा बन्द भएको छ ।

यस दिन नेशनल लाइफको सेयर मूल्य सर्वाधिक ओरालो लागेको छ । कम्पनीको सेयर मूल्य २.४८ प्रतिशत अर्थात प्रतिकित्ता १४ रुपैयाँले घटेर ५५१ रुपैयाँ पुगेको हो । जीवन बीमा कम्पनी मध्य प्रभु महालक्ष्मी लाइफको सेयर कम घटेको छ । कम्पनीको मुल्य ०.४ प्रतिशत अर्थात २ रुपैयाँले घटेर ४९३ रुपैयाँ पुगेको हो ।

यता, निर्जीवन बीमा कम्पनी तर्फ ९ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा २ को मा भने सुधार देखिएको छ । एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*