प्रभु महालक्ष्मी लाइफको सिईओमा सन्तोष प्रसाई नियुक्त

१८ फाल्गुन २०८०, शुक्रबार १५:४८

काठमाडौं । प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृ (सिईओ) सन्तोष प्रसाई नियुक्त भएका छन् । कम्पनीका पूर्व सिईओ रमेश कुमार भट्टराई बाहिरिएपछि रिक्त भएको उक्त पदमा उनलाई नियुक्त गर्ने निर्णय बोर्डले गरेको हो।

कम्पनीको आज बसेको बैठकलेसन्तोष प्रसाईलाई सिईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल चार बर्षको हुनेछ ।

सिईओ प्रसाईसँग नेपाल लाइफ इन्स्योरेन्स र साविक प्रभु लाइफ इन्स्योरेन्समा सिईओको कार्य अनुभव रहेको छ । उनले बीमा प्राधिकरणमा समेत काम गरिसकेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*