ऋण नतिरेपछि पूर्वमुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई २१ दिन भित्र साँवा व्याज तिर्नको लागि सहकारीको सूचना

१८ फाल्गुन २०८०, शुक्रबार १७:२९

काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई लालीगुरासँग सहकारीले ऋण तिर्न २१ दिने सूचना दिएको छ। लालीगुरासँग सहकारीले सार्वजनिक पत्रिकामा सूचना निकाल्दै २१ दिने अल्टिमेटम सूचना दिएको हो ।

एकीकृत समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष रहेका पाण्डे बहालवाला सांसद हुन् ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाले लिएको ऋण नतिरेपछि श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले सहकारीबाट लिएको कर्जा २१ दिनभित्र नतिरेको खण्डका पाण्डको समेत सम्पत्ति लिलामी हुने भएको छ । पाण्डे अध्यक्ष हुँदा सहकारीबाट ऋण लिएका थिए ।

स्वयम्भुमा रहेको नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाले सहकारी संस्थाबाट संस्थागत प्रयोजनको लागि लिएको कर्जाको सम्झौताअनुसार बुझाउनु पर्ने साँवा, ब्याज र अन्य दस्तुर नतिरेको भन्दै तत्काल तिर्न २१ दिने सार्वजनिक सूचना निकालेको छ ।

संस्थाको सम्पुर्ण लेना रकम चुक्ता गर्न पटक–पटक मौखिक तथा लिखितरुपमा तर ताकेता गर्दा समेत संस्थाको कर्जा चुक्ता गर्नेतर्फ कुनै चासो नदेखाई बेवास्ता गरेको सहकारीको गुनासो छ ।

२१ दिनभित्र संस्थामा सम्पर्क राखी लिएको सम्पूर्ण कर्जाको साँवा, ब्याज तथा अन्य दस्तुर समेत चुक्ता गर्न भनेको छ । संस्थाको ऋण लगानी तथा असुली सम्बन्धी विनियमावली संस्थाको विनियम, सहकारी ऐन नियमावली २०७४ तथा नियमावली २०७५ ले दिएको अधिकार प्रयोग गरी ऋणी तथा जमानी तथा सञ्चालक समितिको फोटो सहितको विवरण समेत खुलाई पुनः १५ दिने सूचना प्रकाशित गरी सम्पूर्ण रकम असुल उपर प्रकृया अगाडि बढाइने जनाएको  ।

One thought on “ऋण नतिरेपछि पूर्वमुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई २१ दिन भित्र साँवा व्याज तिर्नको लागि सहकारीको सूचना

  1. सुदिप शर्म says:

    सहि खबर नै होला तर येस्तो प्रकार को संबेदनसिल समाचार प्रसारित गर्दा सम्पुर्ण विवरण अलि नपुग भयेको मोलमोलाई को लागि त हैन भन्ने जनमानसमा जिज्ञासा् हुन सक्छ नि! जय मात्रीभुमि

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*