लाभांश र एफपीओ पारित गर्न नेशनल लघुवित्तले बोलायो एजीएम, बुक क्लोज कहिले?

२० फाल्गुन २०८०, आईतवार ०६:४६

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र १६ गते शुक्रबार धुलिखेल लज रिसोर्ट, धुलिखेल–काभ्रेपलाञ्चोक बिहान साढे १० बजेदेखि दशौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन १७ गते बिहीबार बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यस सभाले गत वर्षको मुनाफाबाट ७.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ८ करोड १३ लाख १५ हजार ४६६.४६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्नेछ ।

सभा तथा लाभांश वितरण प्रयाजनार्थ कम्पनीले फागुन ३० गतेदेखि चैत्र १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*