एलआईसी नेपालको चाबहिल शाखाद्वारा २२ लाख रुपैयाँ दाबी भुक्तानी

२० फाल्गुन २०८०, आईतवार ०७:५९

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड अर्थात् एलआईसीको चाबहिल शाखाले दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको आश्रित परिवारलाई २२ लाख २० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो ।

कम्पनीले फागुन १८ गते एक रकम हस्तान्तरण कार्यक्रमको आयोजना गर्दै मृतक बीमित ङिमा रिन्जी शेर्पाको भतिज दावा शेर्पालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको बताएको छ ।

मृतक बीमित शेर्पाले दुई वर्ष पहिले अभिकर्ता डोमा शेर्पामार्फत २० लाख रुपैयाँको जीवन बीमा गराएका थिए । बीमित शेर्पाको केही महिनाअघि उपचारको क्रममा निधन भएपछि कम्पनीले आवश्यक प्रक्रिया पुरा गरी चाबहिल शाखाका प्रमुख नरेन्द्र विष्ट र अभिकर्ता डोमा शेर्पाको संयुक्त उपस्थितिमा रकम हस्तान्तरण गरिएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*