नेशनल लाइफ हेटौंडा शाखाद्धारा अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न

२० फाल्गुन २०८०, आईतवार ११:१६

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्तासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको हेटौंडा शाखाले फागुन १९ गते बीमा अभिकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

हेटौंडा शाखा प्रमुख तथा कार्यक्रमका सभापति नारायण कार्कीको सभापतित्वमा कार्यक्रम सम्पन्न गरीएको हो । १५० जना अभिकर्ताहरुको सभामा रोयल प्यालेस हेटौंडामा कार्यक्रम संचालन गरीएको हो । कार्यक्रममा ३५ जनालाई विभिन्न बिदा अन्तर्गत सम्मान समेत गरीएको थियो ।

शाखाका प्रमुख कार्की र कम्पनीका मार्केटिङ बिभाग प्रमुख बिबेक शर्माहरुको संयोजकत्वमा कार्यक्रम गरीएको हो । अभिकर्ता बीच आपसी साथ, सहयोग र सद्भाव कायम गर्न कम्पनीले यस अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । यस किसिमका अन्तरक्रिया कार्यक्रमले अभिकर्ताहरुमा काम गर्न उर्जा प्राप्त हुने विश्वास कम्पनीले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*