सर्वोत्तम सिमेन्टले सम्पन्न गर्यो प्रि–अलोटमेन्ट, कहिले हुन्छ आइपीओ बाँडफाँट ?

२० फाल्गुन २०८०, आईतवार १७:५७

काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओ बिहीबार अर्थात फागुन २४ गते बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल अनुसार प्री–अलोटमेन्ट सम्पन्न भएको र अबको बिहिबार भित्र बाँडफाँट हुने जनाएको हो ।

सर्वोत्तम सिमेन्टको आइपीओमा साढे ९ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको आइपीओमा १० लाख १५ हजार २११ जनाले आवेदन दिएकोमा ९ लाख ५९ हजार ६९० जनाको हात खालि हुने भएको हो ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । आइपीओमा अन्तिम दिनसम्म ५ करोड ३७ लाख ७७ हजार ८७० कित्ता बराबरको १९ अर्ब ४० करोड ८४ लाख ३३ हजार रुपैयाँ संकलन भएको हो ।

माग भन्दा १९.३७ गुणा बढी आवेदन परेको हुँदा आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुने छ । जसमा ५५ हजार ५२१ जनाले ५०/५० कित्ताका दरले आइपीओ हात पार्ने छन् । सो मध्यका २ जनाले भने थप १/१ कित्ता गरी ५१ कित्ता सेयर पाउनेछन् ।

कम्पनीले बुक विडिल्ङको माध्यमबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिएका हुन् । कम्पनीको आइपीओमा न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन माग गरीएको थियो ।

शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*