सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर डिम्याट खातामा जम्मा

२२ फाल्गुन २०८०, मंगलवार ०७:१३

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत मंसिर २४ गतेको साधारण सभाले पारित गरेको पाँच प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गराएको छ ।

बैंकले साधारण सभा प्रयोजनार्थ मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीको खातामा बोनस शेयर जम्मा गराएको हो ।

साथै, हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीको हकमा शेयर अभौतिकीकरण गराएपछि बोनस शेयर डिम्याट खातामा जम्मा गराइने बैंकले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*