सिटिजन लाइफ, नेपाल इन्योरेन्स सहित तीन कम्पनीको बोनस शेयर डिम्याट खातामा

२२ फाल्गुन २०८०, मंगलवार ०७:४०

काठमाडौं । तीन कम्पनीहरुले वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आफ्ना शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गराएका छन् । यसमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सिटिजन लाइफ र नेपाल इन्स्योरेन्सले बोनस शेयर डिम्याट खातामा जम्मा गराएका हुन् ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको गत माघ २४ गते सम्पन्न ७ औं वार्षिक साधारण सभाले पारित गरेको पाँच प्रतिशत बोनस शेयर पुस २८ गतेसम्म कायम शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको जनाएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीले पनि पुस १३ गते सम्पन्न ७५ औं वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस शेयर मंसिर २७ गतेसम्म कायम शेयरधनीको डिम्याट खातामा जम्मा गराएको छ ।

साथै, हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीलाई शेयर अभौतिकीकरण गरी बोनस शेयर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मंसिर २३ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले पारित गरेको १०.५० प्रतिशत बोनस शेयर मंसिर १० गतेसम्म कायम शेयरधनीको डिम्याट खातामा जम्मा गराएको हो ।

साथै, हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीको हकमा भने आफ्नो शेयर अभौतिकीकरण गराएपछि बोनस शेयर डिम्याट खातामा जम्मा गराईने बैंकले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*