३९ म्युचुअल फण्डहरुको न्याभ घट्यो, कुनको अवस्था कस्तो ?

२२ फाल्गुन २०८०, मंगलवार १२:४९

काठमाडौँ । म्युअुल फण्डहरुको खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ । हाल संचालनमा रहेका ४३ वटा म्युचुअल फण्डमध्ये पुस महिनाको तुलनामा माघ महिनामा न्याभ घटेको हो ।

एक महिनाको अवधिमा ४ वटा म्युचुअल फण्डको मात्रै न्याभ बढेको छ भने ३७ वटा म्युचुअल फण्डको न्याभ घट्न पुगेको हो । माघ महिनामा हिमालयन ८०–२० को न्याभ १४ पैसाले बृद्धि भई १० रुपैयाँ ७ पैसा पुगेको छ । पुस महिनामा उक्त फण्डको न्याभ १०.५६ रुपैयाँ थियो ।

त्यस्तै, एनआइसी एशिया डायनामिक डेब्ट फण्डको ५ पैसाले बढेर १०.७७ रुपैयाँ, सिटिजन सुपर ३० को १ पैसाले बढेर १०.७८ रुपैयाँ र नबिल फ्लेक्सी क्याप फण्डको ०.०१ रुपैयाँले बढेर १०.३२ रुपैयाँ पुगेको छ ।

पछिल्लो समय लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । बजारमा चलि रहेका बैंक वित्तीय संस्था बिरुद्धका आन्दोलनले थप असर गरकेो छ । नियामकले लतिलो नीति नल्याउँदा थप न्याभ घटेको लगानीकर्ताहरुका तर्क छन् ।

mutu

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*