आयल निगमका कर्मचारीहरुको कर्जाको बीमा राष्ट्रिय जीवन बीमा कम्पनीले गर्ने

२२ फाल्गुन २०८०, मंगलवार १३:४७

काठमाडौं । नेपाल आयल निगमका कर्मचारीहरुको कर्जाको बीमा राष्ट्रिय जीवन बीमा कम्पनीले गर्ने भएको छ । यस बिषयमा निगम र कम्पनीबीच सोमबार सझौता भएको हो ।

सम्झौतामा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत महेश रिमाल र निगमका कार्यकारी निर्देशक डा। चण्डिका प्रसाद भट्टले हस्ताक्षर गरेका हुन् ।

कम्पनीका सूचना अधिकारीका अनुसार निगमका कर्मचारीले निगमबाट प्राप्त गरेको गाडी, घर लगायतको कर्जाको बीमा कम्पनीले गर्ने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*