मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गमार्फत गर्न सकिने कारोबार सीमा कति ?

२२ फाल्गुन २०८०, मंगलवार १६:४६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ्ग मार्फत गर्न सकिने कारोबार सीमा निर्धारण गरेको छ ।

राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै मोबाइल एप्लिकेशन (क्यूआर कोडसमेत) प्रतिदिन ३ लाख र इन्टरनेट बैंकिङ्गको प्रतिदिन २० लाख रुपैयाँको कारोबार गर्ने सकिने जनाएको हो ।

कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न, नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन र सेवा शुल्क जस्ता विविध शुल्कहरू भुक्तानीमा कारोबार सीमा नतोकिएको केन्द्रिय बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

सूचना:

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*