२३ प्रतिशत मात्र बिक्री भयो सिंगटी हाइड्रोको हकप्रद

२२ फाल्गुन २०८०, मंगलवार १७:११

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रदमा अन्तिम दिन अर्थात फागुन २२ गतेसम्ममा ३४ करोड ४७ लाख १२ हजार ४०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज साँझ ५ः०५ बजेसम्ममा ७४ हजार ६१६ जना आवेदकले ३४ लाख ४७ हजार १२४ कित्ताका लागि आवेदन दिएका हुन् । निष्कासनमा आएको हकप्रदमा २३.७७ प्रतिशत मात्र बिक्री भएको हो ।

कम्पनीले फागुन २ गतेदेखि हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद निष्कासन गरेको थियो । कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य बराबरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रद निष्काशनका लागि कम्पनीले पुष २२ गते बुकक्लोज गरेको थियो। यस अनुसार पुष १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन योग्य थिए ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ। हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*