वाणिज्य बैंकहरुमध्ये प्रतिफल दिने क्षमता कस्को कति ?

२२ फाल्गुन २०८०, मंगलवार १७:५८

नेपालका अधिकांश वाणिज्य बैंकहरुको प्रतिफल रिटर्न अन इक्विटी( आरओई) दिने क्षमता घटेको छ । बैंकहरुले प्रकाशित गरेको पुस मसान्तसम्मको तथ्यांकअनुसार आठवटाको प्रतिफल १० प्रतिशतभन्दा माथि छ भने दुईवटाको मात्र १५ प्रतिशतभन्दा माथि छ ।

सबैभन्दा बढी प्रतिफल स्ट्यान्डर्ड चार्टर्ड बैंकको छ । पुँजी १९ अर्ब ३८ करोड रुपैयाँ रहेको स्ट्यान्डर्ड चार्टर्डले चालु आर्थिक वर्षको पहिलो ६ महिना ९साउनदेखि पुस मसान्त०मा १ अर्ब ७३ करोड रुपैयाँ नाफा गरेको छ । यस हिसाबले कम्पनीको प्रतिफल १९।६१ प्रतिशत हुन आउँछ ।

त्यस्तै, दोस्रो धेरै प्रतिफल प्राइम बैंकको १६।१२ प्रतिशत छ । पुँजी २९ अर्ब ३४ करोड रुपैयाँ रहेको कम्पनीको पुससम्मको खुद नाफा २ अर्ब १८ करोड रुपैयाँ छ ।

अरु सबै वाणिज्य बैंकको प्रतिफल १५ प्रतिशतभन्दा कम छ । २५ अर्ब ८४ करोड पुँजी रहेको एभरेस्ट बैंकले चालु आवको पुससम्ममा १ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको छ भने कम्पनीको प्रतिफल १४।२४ प्रतिशत छ ।

त्यसैगरी, आवासीय कर्जा समायोजन गरेर वासेल रिपोर्ट मिलाएको आरोप लागेको एनआईसी एसिया बैंकको प्रतिफल १३।३१ प्रतिशत छ । पुँजी ३० अर्ब ६० करोड रहेको कम्पनीले चालु आवको पहिलो ६ महिनामा १ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको छ ।

नबिल बैंकको प्रतिफल १२।३३ प्रतिशत छ । पुँजी ५५ अर्ब ३१ करोड रुपैयाँ रहेको कम्पनीले ६ महिनामा ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको छ ।

पुँजी १७ अर्ब ७० करोड रुपैयाँ रहेको सानिमा बैंकको प्रतिफल १२।३ प्रतिशत छ । यो बैंकले चालु आवको पुस मसान्तसम्ममा १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

एनएमबी बैंकको पुँजी २७ अर्ब ९३ करोड रुपैयाँ छ । चालु आवको ६ महिनामा १ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको यो बैंकको आरओई १०।३९ प्रतिशत हुन आउँछ ।

पुससम्ममा १० प्रतिशतभन्दा बढी प्रतिफल कमाउन सफल बैंकमा माछापुच्छ्रे पनि पर्छ । माछापुच्छ्रे बैंकको प्रतिफल १०।०७ प्रतिशत छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम १६ अर्ब ८५ करोड पुँजी रहेको माछापुच्छ्रेले ६ महिनाको अवधिमा ८१ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

लगानीमा प्रतिफल १० प्रतिशतभन्दा कम रहेका बैंक १२ वटा छन् । तीमध्ये सबैभन्दा धेरै नेपाल एसबीआई बैंकको प्रतिफल ९।६५ प्रतिशत छ । पुँजी १८ अर्ब ३१ करोड रुपैयाँ रहेको बैंकले ६ महिनामा ८४ करोड रुपैयाँ नाफा गरेको छ ।

त्यस्तै सिद्धार्थ बैंकको प्रतिफल ९।२६ प्रतिशत छ । कम्पनीको पुँजी २५।७५ प्रतिशत छ भने बैंकले ६ महिनामा १ अर्ब १४ करोड नाफा कमाएको छ ।

सिभिल बैंकलाई मर्ज गरेको हिमालयन बैंकको प्रतिफल पनि निकै कमजोर छ । पुँजी ३५ अर्ब १२ करोड रुपैयाँ रहेको बैंकले ६ महिनामा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ । यस हिसाबले बैंकको प्रतिफल ८।९७ प्रतिशत हुन आउँछ ।

सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रतिफल ८।०७ प्रतिशत छ । पुँजी ३५ अर्ब ३ करोड रुपैयाँ रहेको कृषि विकास बैंकले ६ महिनामा १ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

सरकारी स्वामित्वकै अर्को राष्ट्रिय वाणिज्य बैंक पनि निकै कम प्रतिफल दिने कम्पनीमा परेको छ । पुँजी ५३ अर्ब २८ करोड रहेको राष्ट्रिय वाणिज्य बैंकले ६ महिनामा २ अर्ब २ करोड रुपैयाँ कमाएको छ । यस हिसाबले कम्पनीको प्रतिफल ७।८८ प्रतिशत हुन आउँछ ।

त्यस्तै सिटिजन्स बैंकको प्रतिफल ७।८६ प्रतिशत छ । पुँजी २० अर्ब ७६ करोड रुपैयाँ रहेको सिटिजन्सले ६ महिनामा ७८ करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नै अध्यक्ष रहेको ग्लोबल आईएमई बैंकको प्रतिफल पनि निकै कम छ । राष्ट्र बैंकको मर्जर नीतिपछि २० भन्दा बढी संस्थालाई सफल रुपमा आफूमा गाभेको ग्लोबल आईएमईको प्रतिफल ७।४७ प्रतिशत छ । ५६ अर्ब ८७ करोड रुपैयाँ पुँजी रहेको ग्लोबल आईएमईले चालु आवको पहिलो ६ महिनामा २ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको छ ।

वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा उच्च ५८ अर्ब २५ करोड रुपैयाँ पुँजी रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रतिफल ६।४ प्रतिशत छ । पुससम्ममा बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यस्तै, लक्ष्मी र सनराइन बैंक मिलेपछि ३८ अर्ब ६४ करोड पुँजी भएको लक्ष्मी सनराइज बैंकले ६ महिनामा १ अर्ब ६ करोड खुद नाफा कमाएको छ । यस हिसाबले कम्पनीको प्रतिफल ५।६५ प्रतिशत हुन आउँछ ।

पुछारका तीन बैंकमा कुमारी, प्रभु र नेपाल बैंक परेका छन् । तिनै कम्पनीको प्रतिफल ५ प्रतिशतभन्दा तल छ । कुमारी बैंकको प्रतिफल ४।९७ प्रतिशत, प्रभुको ४।६५ र नेपाल बैंकको प्रतिफल ३।२४ प्रतिशत छ ।

चालु आवको पहिलो ६ महिनामा ३५ अर्ब ८८ करोड पुँजी रहेको कुमारीले ८७ करोड, ३१ अर्ब ७९ करोड पुँजी रहेको प्रभुले ७२ करोड र ३७ अर्ब ११ करोड पुँजी रहेको सरकारी स्वामित्वको नेपाल बैंकले ५९ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*