नेरुडे र मिर्मिरे लघुवित्तले फागुन ३० गतेदेखि एकीकृत कारोबार थाल्ने

२३ फाल्गुन २०८०, बुधबार ०८:३०

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्ज भएर आउदो फागुन ३० गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन् । दुबै कम्पनीलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले फागुन २१ र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तीम स्वीकृति दिइसकेका छन् ।

यी दुबै कम्पनीको गत बैशाख १० गते बसेको विशेष साधारण सभाले आपसमा मर्ज हुने प्रस्ताव पारित गरेपछि नेपाल राष्ट्र बैंकले गत कात्तिक ३ र नेपाल धितोपत्र बोर्डले कात्तिक २४ गते मर्जरका लागि अन्तीम स्वीकृति दिएको थियो ।

दुबै संस्था १ः१ शेयर स्वाप अनुपातमा मर्ज भएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नम्बर ८ काभ्रेपलाञ्चोकमा रहनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*