प्रति कित्ता १०५ रुपैयाँमा सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

२३ फाल्गुन २०८०, बुधबार १०:२५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनी क्षितिज भुषालको नाममा रहेको ४० हजार २३७.६४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रति कित्ता १०५ रुपैयाँमा शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर बैंकका संस्थापक शेयरधनीले खरिद नगरेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो । शेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संस्थाले सूचना प्रकाशित मिति (फागुन २३ गते) ले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*