सरकारद्धारा समस्याग्रस्त सहकारी संस्थाका ऋणीलाई ३५ दिनभित्र ऋणको साँवा ब्याज तिर्न निर्देशन

२४ फाल्गुन २०८०, बिहीबार १०:००

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाका ऋणीलाई ३५ दिनभित्र ऋणको साँवा ब्याज तिर्न निर्देशन दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले सूचना निकालेर आफुले लिएको ऋणको सावा ब्याज ३५ दिनभित्र भुक्तानी गर्न निर्देशन दिएको हो । तोकिएको समयमा ऋणको साँवा ब्याज भुक्तानी नगरे ऋणीको बैंक खाता रोक्का, सम्पत्ति रोक्का र कालोसूचीमा समेत राखिने कार्यालयले जनाएको छ ।

समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ३५ दिने म्याद, नतिरे कालोसूचीमाकार्यालयले पछिल्लो समय समस्याग्रत घोषणा गरेका पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था, तुलसी बहुमुखी सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था र कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका ऋणलाई ऋणको सावा ब्याज भुक्तानी गर्न भनेको हो ।

 

‘समस्याग्रस्त सहकारी संस्थाका ऋणीले सो संस्थाबाट लिनुभएको ऋण रकमको सावाँ ब्याज यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र समितिको कार्यालयमा उपस्थित भइ राफसाफ गर्नुहुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ, ‘सो समयभित्र दायित्व राफसाफ नगरेको खण्डमा सहकारी ऐन ०७४ को व्यवस्था बमोजिम कुनै बैंक तथा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा खाता वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने, राहदानी रोक्का राख्ने र कालोसूचीमा राख्ने समेतको कारवाही हुने व्यहोरा सूचित गरिन्छ ।’

हालसम्म सरकारले विभिन्न प्रकृतिका गरी १८ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*