नबिल बैंकका खाताधनीलाई जरुरी सूचना

२४ फाल्गुन २०८०, बिहीबार १०:२४

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना खाताधीलाई खातामा मोबाइल नम्बर अद्यावधिक गर्न सूचना जारी गरेको छ । यस बैंकले खातामा भएको कारोबारहरुको जानकारी मोबाइलमा एसएमएसबाटै प्रदान गर्दै आइरहेको छ । यदि कसैको मोबाइलमा कारोबारको एसएमएस नआएको खण्डमा बैंकले खातामा आफ्नो मोबाइल नम्बर यथाशिघ्र अद्यावधिक गराउन आग्रह गरेको हो ।

यसका लागि आफ्नो सक्कल नागरिकता वा फोटोसहितको अन्य कुनै परिचय पत्र बोकेर पायक पर्ने जुनसुकै शाखा कार्यालयमा आफैं उपस्थित हुनुपर्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*