निर्देशनविपरीत काम गर्ने लघुवित्त संस्थालाई छानबिन गरी कारबाहीको दायरामा ल्याउँछौंः प्रधानमन्त्री

२४ फाल्गुन २०८०, बिहीबार १५:२८

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशनविपरीत काम गर्ने लघुवित्त वित्तीय संस्थालाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएको जिज्ञाशाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैङ्कबाट दिइएको निर्देशन विपरित काम गर्नेलाई कारबाहि गर्ने बताएका हुन् ।

तोकेभन्दा बढी लिइएको सेवा शुल्क फिर्ता गरी सम्बन्धित ऋणीको खातामा जम्मा गर्न दिएको निर्देशन कार्यान्वयन भइरहेको उनले बताए । “गुनासो सुनुवाइ र त्यसको समाधानका लागि लघुवित्त संस्था सुपरीवेक्षण विभागमा बेग्लै ‘डेस्क’को व्यवस्था गरिएको छ ” प्रधानमन्त्री दाहालले भने ।

दुध किसानको भुक्तानी सहज बनाउन सरकार प्रतिबद्ध रहेको उनले बताए । उद्योगी–व्यवसायी र किसान सङ्गठनबीच वार्ता गराई किसानले पाउनुपर्ने पुस मसान्तसम्मको वक्यौता आगामी चैत्र २१ गतेभित्र भुक्तानी गरिसक्ने र अन्य नियमित भुक्तानी जारी राख्ने सहमति भएको बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*