वर्षदिनमा बैंकिङ प्रणालीमा थपियो साढे ७ खर्ब निक्षेप, खाता संख्या कति ?

२४ फाल्गुन २०८०, बिहीबार १७:०१

काठमाडौँ । बैंकिङ प्रणालीमा एक वर्षको अवधिमा साढे ७ खर्ब रुपैयाँ निक्षेप थपिएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष पुष मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा कुल ६१ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा कुल ५३ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप थियो । एक वर्षमा कुल ७ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप थपिएको हो ।

यस अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ७ खर्ब १२ अर्ब रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप ४७ खर्ब १७ अर्ब रुपैयाँ रहेको थियो ।

विकास बैंकहरुको कुल निक्षेप ५ खर्ब ८४ अर्ब रुपैयाँ र फाइनान्स कम्पनीहरुको निक्षेप १ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । देशको अर्थतन्त्र अझै चलयमान हुन सकेको छ । लगानीकर्ताहरुलाई लगानी गर्ने वातारण नभएको महशुस भइरहेको छ । सोहि कारण निक्षेप बैंकमा राखे ब्याज खानेहरुको संख्या वृद्धि भइरहेको छ ।

बैंकिङ क्षेत्रमा निक्षेप खाताको संख्या ५ करोड ३५ लाख माथि पुगेको छ । जुन गत आर्थिक वर्षको भन्दा ५२ लाख २५ हजारले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड ८३ लाख २४ हजार निक्षेप खाता सञ्चालनमा थिए ।

पुष मसान्तसम्ममा वाणिज्य बैंकमा ४ करोड ५९ लाख ११ हजार ४२ वटा, विकास बैंकमा ६८ लाख २ हजार ५७० वटा र फाइनान्स कम्पनीमा ८ लाख ३६ हजार ६९४ वटा निक्षेप खाता संचालनमा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*