प्रभु बैंकको ८४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला

२५ फाल्गुन २०८०, शुक्रबार ११:००

काठमाडौँ । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ८४ हजार १४४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (फागुन २५ गते) देखि १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौँमा आवेदन दिन सकिनेछ ।

यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्रीमा आएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*