सर्वोत्तम सिमेन्टले कति पाउला ओपनिङ रेन्ज ?

२६ फाल्गुन २०८०, शनिबार ०८:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सर्वोत्तम सिमेन्ट लिमिटेडलाई १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ०८ पैसासम्म ओपनिङ रेन्ज तोक्ने देखिएको छ ।

सूचीकरण पछिको पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको प्रतिसेयर नेटवर्थ को ३ गुणासम्म ओपनिङ रेन्ज तोक्ने गरेको छ । यो सिमेन्टको आर्थिक वर्ष २०७९।८० को अडिटेड रिपोर्ट अनुसार प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ३६ पैसा रहेको छ ।

त्यसैलाई आधार मानेर यसको ओपनिङ तोकिनेछ । कम्पनीको आइपीओ ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले सेयर हात पारेका छन् । सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०।९० रुपैयाँ भाउमा आइपीओ जारी गरेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*