नेपाल लाइफद्धारा पशुपतिनाथ मन्दिर परिसरका भक्तजनलाई निःशुल्क भोजन वितरण

२५ फाल्गुन २०८०, शुक्रबार १४:१५

काठमाडौं । महाशिवरात्रिको अवसरमा नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीले पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरुलाई निःशुल्क भोजन तथा खानेपानी वितरण गरेको छ ।

दर्शनार्थीहरुको सुविधाका लागी स्टल महाशिवरात्रीको उपलक्ष्यमा पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क भोजन तथा खानेपानी वितरण गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो स्वयम्सेवक कर्मचारीमार्फत सो दिन करिब ६,००० भक्तजनहरुलाई निःशुल्क भोजन गराएको छ ।कम्पनीले विगतका बर्षदेखि महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा निःशुल्क भोजन वितरण गर्ने गरेको जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*