महिला लघुवित्तको साधारण सभा आज बस्दै, के–के छन् एजेण्डा?

२७ फाल्गुन २०८०, आईतवार ०६:४१

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आज (फागुन २७ गते) बस्दैछ । सभा हिमालय दृश्य रिसोर्ट धुलिखेल काभ्रेमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् ।

सभाले गत आर्थिक वर्षको प्रतिवेदन, नाफा–नोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ । चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र संस्थाको ‘क’ समूहमा रहेका संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना संचालक नियुक्त गर्नेछ ।

त्यस्तै, अन्य लघुवित्तसंग गाभ्ने, गाभिने प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा उपस्थित हुन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*