लाभांश पारित गर्न ग्रीन डेभलपमेन्ट बैंकको सभा चैत्र २७ गते बस्दै, बुक क्लोज कहिले?

२७ फाल्गुन २०८०, आईतवार १०:२७

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको दशौं तथा एघारौं वार्षिक साधारण सभा आउदो चैत्र २७ गते मंगलबार मेजेष्टिक लेक फ्रन्ट होटेल एण्ड सुइट, पोखरा ६, कास्कीमा बिहान ११ बजेदेखि बस्ने भएको छ । कम्पनीको संचालक समितिको फागुन २४ गते बसेको बैठकले यो निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८।७९ को मुनाफा तथा संचित मुनाफा रकम समेतबाट बैंकको हाल कायम चुक्ता पूँजी (५१ करोड ९० लाख रुपैयाँ) को ३.८ प्रतिशत बोनस शेयर र ०.२० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले आव २०७८।७९ र २०७९।८० को प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह सहितको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै, सभाबाट सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने दुई जना संचालकको नियुक्ती अनुमोदन तथा संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने तीन जना संचालकको निर्वाचन गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले चैत्र ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

green

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*