सांग्रिला डेभलपमेन्ट बैंकको ४२ हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिने आवेदन ?

२७ फाल्गुन २०८०, आईतवार ११:१४

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४२ हजार ९८२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीका संस्थापक सेयरधनी मधु सूदन शर्माले १४ हजार कित्ता र प्रेम राज पन्तले २८ हजार ९८२ कित्ता सेयर बिक्रीमा लागि आवेदन दिएका हुन् । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौँमा आवेदन दिन सक्नेछन् ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूमा यी शेयर विक्री नझएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर वित्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*