२१.६ प्रतिशतले बढ्यो रेमिट्यान्स, सात महिनामा ८ खर्ब ३९ अर्ब भित्रियो

२७ फाल्गुन २०८०, आईतवार १४:५०

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनासम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो देखिएको हो ।

गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २४७,०१२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १५८,५४० रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३१४,७६७ र १६७,७०८ रहेको थियो ।

माघ मसान्तसम्ममाा खुद ट्रान्सफर २०.० प्रतिशतले वृद्धि भई ९१० अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५.२ प्रतिशतले बढेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*