कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ? (पूर्णपाठ)

२७ फाल्गुन २०८०, आईतवार १५:१५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब पुगेको छ ।

माघ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ भने आयात २.३ प्रतिशत, निर्यात ७।१ प्रतिशत र कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले घटेकोछ ।

कुल विदेशी विनिमय सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड र अमेरिकी डलरमा १३ अर्ब ८९ करोड रहेको छ । नेपाल सरकारको खर्च ६ खर्ब ८६ अर्ब ७५ करोड र राजस्व परिचालन ५ खर्ब ६७ अर्ब ४० करोड रहेको छ ।

माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ५.०१ प्रतिशतमा झरेको छ । गत वर्षको माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ७.८८ प्रतिशत रहेकोमा यो माघ महिनामा २.८७ प्रतिशत विन्दुले कमी भएको हो ।

त्यस्तै, निजी क्षेत्रमा प्रवाहित कर्जा ४.१ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.७ प्रतिशत रहेको छ ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Seven-Months-data-of-2080.81

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*