सामुदायिक लघुवित्तमा अध्यक्ष र सिईओ नियुक्त

२७ फाल्गुन २०८०, आईतवार १५:२२

काठमाडौं । सामुदायिक लघुवित्तको प्रमुख कार्यकारी अधिकृत(सिईओ) मा दिलिप कुमार पोखरेल नियुक्त भएका छन् । विपिडब्लु लघुवित्तसँग मर्ज भएपछिको पहिलो सीईओमा पोखरेल नियुक्त भएका हुन् ।

सस्तै लघुवित्तमा ७ जना सञ्चालक पनि चयन भएका छन् । जसको अध्यक्षमा नन्द कुमार महर्जन नियुक्त भएका हुन् । त्यसैगरी संस्थापक समुहतर्फबाट सञ्चालकमा राजेश्वर अधिकरी, भुपेन्द्र गोपाल श्रेष्ठ, र पुष्पराम श्रेष्ठ नियुक्त भएका छन् ।

यसैगरी, सर्वसाधारणबाट नविन शर्मा र निर्मला नेपाल सञ्चालक बनेका छन् भने स्वतन्त्रबाट तिर्थरत्न कोनाजो सञ्चालक बनेका छन् ।

दुई कम्पनी मर्ज भएर फागुन २४ गतेदेखि सामुदायिक लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*