एचआइडीसीएलको नगद लाभांश शेयरधनीहरुको खातामा

२७ फाल्गुन २०८०, आईतवार १७:१४

काठमाडौँ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले सम्बन्धीत शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको हो ।

एचआइडीसीएलले गत वर्षको नाफाबाट प्रस्ताव गरेको ५.२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण सुरु गरेको हो । कम्पनीको २०८० पुस २९ गते बसेको साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको थियो ।

साथै, हालसम्म लाभांश नभएका शेयरधनीहरुले बैंक खाता अद्यावधिक गर्ने कम्पनीले भनेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*