बिहेमा बेहुला बेहुलीले खरिद गरे जीवन बीमा पोलिसी

२८ फाल्गुन २०८०, सोमबार ०८:२४

काठमाडौं । पछिल्लो समय विवाह तथा शुभ कार्यमा जीवन बीमालेख खरिद गर्ने क्रम बढ्दै गइरहेको छ । यसैको उदाहरण स्वरुप बर्दघाट नगरपालिका वडा नम्बर ४ नवलपरासी बस्ने बिनोद बस्याल र पैयूँ गाउँपालिका पर्वतकी मिना भुर्तेलले आफ्नो विवाहमा २०–२० लाख बीमाङ्कको रिलायबल सुलभ जीवन बीमालेख खरिद गरेका छन् ।

फागुन १४ गते सोमबार विवाह मण्डपमा वर बिनोद तथा बधु मिनालाई बीमा पोलिसी उपलब्ध गराउँदै आगामी दिन उज्ज्वल बनाउन र बचत गर्ने बानीको विकास गराउने उद्देश्यसहित बीमालेख हस्तान्तरण गरिएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड लुम्बिनी प्रदेश उप–प्रमुख ईश्वर पाण्डेले बताए ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा विगत ४ वर्षदेखि सिनियर एजेन्सी म्यानेजरसमेत रहेका शालिकराम भण्डारी (सबिन) ले बीमाले बचत गर्ने बानीको विकास हुने तथा भविष्यमा हुन सक्ने जोखिमलाई ध्यान दिदै शुभ कार्यमा अनुत्पादक क्षेत्रमा खर्च कटौति गर्दै जीवन बीमा गर्नेको संख्या बढ्दै गइरहेको बताए ।

बीमालेख हस्तान्तरण कार्यक्रममा रिलायबल नेपाल लाइफ लुम्बिनी प्रदेश उप–प्रमुख ईश्वर पाण्डेय, सिनियर एजेन्सी म्यानेजर शालिकराम भण्डारी, मार्केटिङ अफिसर गणेश प्रसाद पाण्डेय समेतको उपस्थिति रहेको थियो ।

विवाह समारोहमा उपस्थित आफन्त, इष्टमित्र तथा छिमेकीहरुले नौलो कामको प्रशंसा गर्दै आफूहरू पनि जीवन बीमा गराउन इच्छुक रहेको र छिट्टै यो शुभ कार्यको थालनी गर्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*