विन नेपाल लघुवित्तको साधारण सभा आज, के के छन् एजेण्डा ?

२९ फाल्गुन २०८०, मंगलवार ०६:०९

काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज अर्थात् फागुन २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने प्रयोजनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*