नगदरहित बैंकिङ्ग कारोबारमा उच्च वृद्धि, मोबाइल बैंकिङ्ग र क्युआर मार्फत कति ?

२८ फाल्गुन २०८०, सोमबार १६:२१

काठमाडौँ । पछिल्लो समय विद्युतीय भुक्तानीमा बढ्दो आकर्षण छ । नेपालीमा प्रत्येक कारोबार विद्युतीय हुँदै गइरहेको अवस्था छ ।

माघ महिनामा सबै भन्दा बढी नगदसहित कारोबार आरटिजिएसबाट भएको छ । यस महिनामा आरटिजिएसबाट २८ खर्ब २२ अर्ब ८६ करोड १० लाख रुपैयाँको कारोबार भएको हो । गत माघमा भने यस्तो कारोबार २२ खर्ब ९५ अर्ब ८० करोड ४० लाख रुपैयाँ भएको छ ।

त्यस्तै, इसिसिबाट हुने कारोबार माघ महिनामा ४ खर्ब ७९ अर्ब २९ करोड १० लाख र कनेक्ट आइपीएसबाट ४ खर्ब ५२ अर्ब ७१ करोड ८० लाख रुपैयाँ भएको छ ।

नगदरहित कारोबारका लागि उपयुक्त माध्यम मानिने मोबाइल बैंकिङ्ग व्यापक रूपमा विस्तार भएको भइरहेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार माघ महिनामा मात्रै मोबाइल बैंकिङ्ग मार्फत २ खर्ब ८९ अर्ब ३८ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ । जुन गत माघको तुलनामा ६८.१३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको माघमा भने १ खर्ब ७२ अर्ब ११ करोड ९० लाख रुपैयाँ भएको थियो ।

यता, पुस महिनाको तुलनामा मोबाइल बैंकिङ्ग कारोबार २.५३ प्रतिशतले बढेको छ । पुषमा मोबाइल बैंकिङ्ग कारोबार २ खर्ब ८२ अर्ब २४ करोड १० लाख रुपैयाँ भएको थियो ।

त्यस्तै, पछिल्लो समय सानातिना किनमेललाई क्युआर कोडमार्फत डिजिटल भुक्तानीको दायरामा ल्याउने विषयमा उल्लेख्य प्रगति भएको छ । यस्तै, क्युआर कोड मार्फत माघ महिनामा ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ । जुन गत माघको तुलनामा ११२.४० प्रतिशतले बढी हो । गत वर्ष माघमा भने १७ अर्ब ७६ करोड ५०लाख रुपैयाँको कारोबार क्युआर कोड मार्फत भएको थियो ।

क्युआर कोड मार्फत हुने कारोबार भने गत पुसको तुलनामा २.२३ प्रतिशतले घटेको छ । पुस महिनामा क्युआर कोड मार्फत हुने कारोबार ३८ अर्ब ५९ करोड ६० लाख रुपैयाँ भएको थियो ।

माघ महिनामा एटिएमबाट ८६ अर्ब ४८ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ । जुन गत माघको तुलनामा १२.२५ प्रतिशतले बढी हो । गत वर्ष माघ महिनामा एटिएमबाट हुने कारोबार ७७ अर्ब ४ करोड १० लाख रुपैयाँ रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*