नेशनल लघुवित्त र माउन्टेन इनर्जीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

२९ फाल्गुन २०८०, मंगलवार ०७:०३

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज (फागुन २९ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले भोलि बुक क्लोज गर्दैछन् ।

नेशनल लघुवित्तको दशौं वार्षिक साधारण सभा चैत्र १६ गते शुक्रबार धुलिखेल लज रिसोर्ट धुलिखेल, काभ्रेपलाञ्चोकमा विहान साढे १० बजेदेखि सुरु हुनेछ ।

सभाले कम्पनीको हाल कायम चुक्ता पूँजी (एक अर्ब आठ करोड ४२ लाख छ हजार २१९ रुपैयाँ) को ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी जम्मा १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

माउन्टेन इनर्जी नेपालको दशौं वार्षिक साधारण सभा चैत्र १३ गते मंगलबार अम्रपाली बैङ्क्वेट क्याटेरिङ एण्ड इभन्ट, भाटभटेनी, काठमाडौंमा विहान साढे १० बजेदेखि सुरु हुनेछ ।

सभाले गत आवको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत अर्थात २९ करोड ५२ लाख चार हजार ५० रुपैयाँ बोनस शेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत अर्थात एक करोड ५५ लाख ३७ हजार ५७३ रुपैयाँ नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*