मितेरी डेभलपमेन्ट बैंकको ३.२५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

२९ फाल्गुन २०८०, मंगलवार ०७:२३

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको तीन लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। यसमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्।

उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर संख्यासमेत खुलाई बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२, सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

साथै तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*