छोरीको जन्मदिनमा खनाल दम्पतीले दिए बीमा पोलिसी उपहार

२९ फाल्गुन २०८०, मंगलवार ०७:५९

काठमाडौं । चाडपर्व तथा उत्सव आदिमा देखावटी खर्च गर्न पछाडि नहट्ने हाम्रो समाज बद्लिदो समयसँगै केही सभ्य र भविष्यप्रति चिन्तित देखिन थालेको छ । यसैको एक उदाहरण स्वरुप कृष्णहरी खनाल र सविता खनालले आफ्नी छोरीको जन्मदिनमा अनावश्यक उपहार कटौति गरी १० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् ।

कृष्णहरी खनाल आइएमई लाइफ इन्स्योरेन्स नुवाकोट शाखामा कार्यरत बीमा अभिकर्तासमेत हुन् । उनले आफ्नी छोरीलाई आइएमई लाइफले ल्याएको बाल उज्ज्वल बीमा योजना उपहार स्वरुप दिएका हुन् ।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा बालबालिकाको लागि बचत गर्दै गएको खण्डमा भविष्यमा उच्च शिक्षा हासिल गर्न सहज हुने खलान दम्पतीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*