आधा विकास बैंकहरुले मात्रै घोषणा गर्यो लाभांश, बाँकिले बनायो लगानीकर्ताको हात खाली

२९ फाल्गुन २०८०, मंगलवार ११:१४

नेप्सेमा सूचीकृत १६ विकास बैंकमध्ये ७ ओटाले मात्रै गत आर्थिक वर्ष २०७९र८० सम्मको नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश दिएका छन् ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले गत आवको मुनाफाबाट लाभांश दिएका हुन् ।

त्यस्तै पाँच बैकले भने गत आवको मुनाफाबाट लाभांश नदिने निर्णय गरेका छन् । ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले लाभांश नदिने निर्णय गरेका हुन् ।

त्यस्तै कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकले हालसम्म लाभांशसम्बन्धी निर्णय र साधारण सभा आह्वान गर्न बाँकी छ । त्यसैगरी, एक्सेल डेभलपमेन्ट बैंकले चैत मसान्तसम्ममा साधारण सभा गर्ने जानकारी नेप्सेमार्फत गराएको छ ।

सात बैंकमध्ये सबैभन्दा बढी लाभांश शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कुल ११ दशमलव ०५ प्रतिशत दिएको छ । कुल लाभांशमध्ये १० दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश छ ।

सबैभन्दा बढी लाभांश दिने विकास बैंकमा दोस्रोमा मुक्तिनाथ विकास बैंक छ । बैंकले कुल १० दशमलव २६३२ प्रतिशत लाभांश दिएको हो । कुल लाभांशमध्ये ९ दशलमव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ५१३२ प्रतिशत नगद लाभांश छ ।

लाभांश दिएका सात बैंकमध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भइसकेको छ । लुम्बिनी विकास बैंकको बोनस शेयर सूचीकृत हुन बाँकी छ भने महालक्ष्मी विकास बैंकले नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा पठाइसकेको छ ।

कुन बैंकले कति दिँदैछन् लाभांश रु

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*