बीमा कम्पनीहरुले चार क्षेत्रमा लगानी गर्न बीमा प्राधिकरणमा लगानी स्वीकृती विवरण पेश गनुपर्ने

रिना खत्री
२९ फाल्गुन २०८०, मंगलवार १३:३७

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चार क्षेत्रमा लगानी गर्नको लागि स्वीकृती विवरण पेश गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ।

बीमा प्राधिकरणले पर्यटन तथा वायुसेवा क्षेत्र, शिक्षा र स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र, केबलकार र घरजग्गा व्यवसायमा लगानी गर्न लगानी स्वीकृतीका लागि थप विवरण पेश गर्न निर्देशन दिएको हो ।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुले लगानी गर्नुपुर्व थप विभिन्न विवरणहरु पेश गर्न भनेको छ । बीमकको लगानी निर्देशन १.१० बमोजिम लगानी गर्ने क्षेत्रमा लगानी गर्नुपुर्व विभिन्न विवरण पेश गर्न प्राधिकरणले कम्पनीहरुलाई जानकारी गराएको हो ।

बीमा प्राधिकरणका अनुसार उक्त उल्लेखित विवरण जीवन, निर्जीवन, पूवर्बीमक र लघुबीमकले पेश गर्नुपर्ने बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् ।

पर्यटन तथा वायुसेवा क्षेत्र, शिक्षा र स्वास्थ्य क्षेत्र

पहिले नै सञ्चालनमा रहेको संस्थामा लगानी गरेको खण्डमा DueDiligenceगरी सो को प्रतिवेदन पेश गर्न कम्पनीहरुलाई प्राधिकरणले आग्रह गरेको छ।
साथै कम्पनीहरुले आफैले संस्थापन गरेको खण्डमा सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था प्राधिकरणले थप गरेको छ।

कृषि क्षेत्र
बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणले कृषि क्षेत्रमा लगानी गनुपूर्व DueDiligence प्रतिवेदन पेश गनुपर्ने व्यवस्था गरिएको छ। सो पश्चात् मात्रै कम्पनीहरुले कृषि क्षेत्रमा लगानी गर्न पाउनेछन् ।

केवलकार क्षेत्र
बीमा प्राधिकरणा अनुसार केबलकारमा लगानी गर्न कम्तिमा दश वर्षको व्यवसायिक परियोजना पेश गर्नुपर्ने भएको छ। सो पश्चात् बीमा प्राधिकरणले सबै विवरण चेकजाँच गरेर लगानीको अन्तिम स्वीकृती दिने व्यवस्था गरेको छ।

घरजग्गा व्यवसाय क्षेत्र
बीमा प्राधिकरणले घरजग्गा व्यवसाय क्षेत्रका लागि सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*