मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्तको शेयर कारोबार रोक्का

२९ फाल्गुन २०८०, मंगलवार १८:२२

काठमाडौं । मर्जर प्रकृयामा रहेका मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्तले एकीकृत कारोबार थालेपछि दुबै कम्पनीको शेयर कारोबार रोक्का भएको छ। नेपाल स्टक एक्सचेञ्जले फागुन ३० गतेदेखि दुबै कम्पनीको शेयर कारोबार रोक्का गरेको हो।

मर्जर प्रकृया सकाएर यी कम्पनीले फागुन ३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्दैछन्। मर्जर प्रकृया सकिएको १५ दिनपश्चात यी दुबै कम्पनीको शेयर कारोबार नेरुडे मिर्मिरे लघुवित्तको नामबाट खुल्ने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*