सेञ्चुरी बैंकका पूर्वसिईओ सहितका १० जनालाई थप पाँच दिन हिरासतमा राख्न ब्यूरोलाई अनुमति,अनुसन्धानमा राष्ट्र बैंकको सहयोग

२९ फाल्गुन २०८०, मंगलवार १८:५४

काठमाडौं । गलत तबरबाट कर्जा प्रवाह गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी बैंकका सीईओ तथा पूर्वर्सिओसहितका १० जनालाई थप पाँच दिन हिरासतमा राख्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुमति पाएको छ ।

फागुन १५ गते पक्राउ परेका उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको सीआईबीले दोस्रो पटक पनि थप ७ दिनलाई अनुमति पाएको थियो ।
अदालतबाट पाएको समय सकिएपछि उनीहरुलाई आज सीआईबीले अदालतमा पेस गरेको थियो ।

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले अदालतबाट आज थप ५ दिनको म्याद थप भएको जानकारी दिए ।

यूरोले धितोभन्दा बढी कर्जा प्रवाह गर्ने कार्यमा संलग्न प्रबन्ध निर्देशक सहितका १० जनालाई मंगलबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । ब्यूरो बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कसूरमा अनुसन्धान गरिरहेको जनाएको छ ।

पक्राउ परेका बैंकरमाथि अनुसन्धान गरिरहेको सीआईबीले नेपाल राष्ट्र बैंकको सहयोग लिएको छ ।केन्द्रीय बैंकको विज्ञ टोलीले सीआईबीले गरिरहेको अनुसन्धानमा सहयोगको प्रकृया चलिरहेको छ। प्रहरीले धितो सम्बन्धी बैंकिङ अभ्यासबारे नबुझेको बैंकरहरुले आरोप लगाइरहँदा सीआईबीले राष्ट्र बैंकको सहयोग मागेको हो।

बैंकरहरु पक्राउ परेसँगै नेपाल बैंकर संघ, बैंक तथा वित्तीय संस्था परिसंघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, फाइनान्स कम्पनी एसोसिएसन, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल वित्तीय संस्था कर्मचारी संघले विज्ञप्ति जारी गरि चर्को बिरोध जनाएका थिए।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*