सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सहित तीन कम्पनीको एजीएम आज, एकले लाभांश दिने

३० फाल्गुन २०८०, बुधबार ०७:२२

काठमाडौं । आज (फागुन ३० गते) बुधबार तीन कम्पनीको वार्षिक साधारण सभा (एजीएम) बस्दैछ । यस दिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, कृषि विकास बैंक लिमिटेड र नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको सभा बस्ने भएको हो ।

सिद्धार्थ प्रिमियरले हाल कायम चुक्ता पूँजी दुई अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँको ११ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीको सभा लिसारा रिसेप्सन, भगवती वहाल, काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुनेछ ।

सभा प्रयाजनार्थ यस कम्पनीले फागुन ११ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कृषि विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने घोषणा गरेको छ । सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा विहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा गत आवको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमा छलफलरी गरिने–नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमा छलफल गरिनेछ । सभा प्रयोजनार्थ बैंकले फागुन १७ गतेदेखि नै बुक क्लोज गरिसकेको छ ।

नेशनल हाइड्रोपावरको सभा डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट बालुवाटार, काठमाडौंमा ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवको नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । साथै, चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने एजेण्डा पनि रहेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले मंसिर ७ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् । कम्पनीले यसअघि मंसिर २२ र पुस ६ गते बोलाएको सभामा शेयरधनीहरुको गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*