नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक

३० फाल्गुन २०८०, बुधबार ०७:४९

काठमाडौं । नेपाल बैंक लिमिटेडले चैत्र १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३।४० प्रतिशतदेखि अधिकतम ६।४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

त्यसै गरी बैंकले मुद्दति निक्षेपमा ६ देखि ८ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर ८।५७ प्रतिशत रहेको छ गत महिना आधारदर ८।८३ प्रतिशत रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*