नबिल बैंकद्वारा ब्याजदर घटाउने निर्णय, मुद्दति र बचतसँगै ऋणकाे पनि घट्ने

३० फाल्गुन २०८०, बुधबार ०९:०२

काठमाडाैं । भाेलि चैत्र १ गतेबाट लागू हुने गरी नबिल बैंकले ब्याजदरमा कटाैति गर्ने निर्णय गरेकाे छ । आज सूचना प्रकाशित गर्दै नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेकाे हाे ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार चैत्र महिनाका लागि साधारण बचत खातामा ३.७५० प्रतिशतदेखि ५.७५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स बचत खातामा भने ६.७५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

त्यसैगरी बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६.२५० प्रतिशतदेखि अधिकतम ७.२५० प्रतिशतसम्म र संस्थागततर्फ न्यूनतम ५.२५० प्रतिशतदेखि अधिकतम ६.२५० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकले यता रेमिट्यान्सतर्फ न्यूनतम ७.२५० प्रतिशतदेखि अधिकतम ८.२५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

One thought on “नबिल बैंकद्वारा ब्याजदर घटाउने निर्णय, मुद्दति र बचतसँगै ऋणकाे पनि घट्ने

  1. D p Pandey says:

    Good. ब्याज ghatu bhaneko लगानी मा badawa hunu हो. लगानी ले समग्र आर्थिक स्थिति majbut हुन्छ.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*