एनआईसी एशिया बैंकले बढायो मुद्दति निक्षेपको ब्याजदर

३० फाल्गुन २०८०, बुधबार ०९:३५

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले मुद्दति निक्षेपको ब्याजदर बढाएको छ । बैंकले चैत्र १ गतेदेखि लागु हुने गरी ब्याजदर बढाएको हो ।

सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार बैंकले चैत्र महिनाका लागि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ७.५०० प्रतिशतदेखि अधिकतम ८.५४८ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । यसअघि बैंकले फागुन महिनाका लागि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ८ प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।

त्यस्तै, बैंकले चैत्र महिनाका लागि संस्थागततर्फ न्यूनतम ७.२०० प्रतिशतदेखि अधिकतम ७.५४८ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले फागुन महिनाका लागि संस्थागततर्फ अधिकतममा ६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*