मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकहरुको आधार ब्याजदर एकल अङ्कमा पुगेको होः प्रधानामन्त्री

३० फाल्गुन २०८०, बुधबार १२:०६

काठमाडौं । बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिँदै यस्तो बताएका हुन्।

साथै बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको ऋणको ब्याजदर पनि घटेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘व्यापार घाटामा कमी आएको छ, तर निर्यात बढाउन सकिएको छैन । विप्रेषण त बढे्को छ तर योसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउन सकिएको छैन ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*