ललितपुर महानगरपालिकाद्धारा सहकारीबाट लिएको ऋणकोे साँवा ब्याज तिर्न निर्देशन

३० फाल्गुन २०८०, बुधबार १८:१३

काठमाडौं । ललितपुर महानगरपालिकाले सहकारीबाट ऋण लिएका सदस्यहरुलाई ऋणकोे साँवा ब्याज भुक्तानी गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै सहकारीले सदस्यको बचत नै कर्जाको रुपमा प्रवाह गर्ने र ऋणी सदस्यहरुले आफुले भुक्तानी गर्नु पर्ने ऋणको साँवा ब्याज समयमा भुक्तानी नगर्दा बचत फिर्तामा समस्या भएकाले ऋण तिर्न भनेको छ ।

कतिपय ऋणीले समयमा ऋणको साँवा ब्याज भुक्तानी नगर्दा संस्थाहरुलाई बचत फिर्ता गर्न समस्या भएको गुनासो आएकाले महानगरपालिकाले आज सूचना जारी गर्दै ऋण चुक्ता गर्न भनेको छ । ऋणी सदस्यले समयमा नै ऋणको साँवा ब्याज भुक्तानी नगरे सहकारी संस्थाको ऋण असुली सम्बन्धमा महानगरपालिकाको सहकारी ऐन २०७५ को दफा ६२ बमोजिम कानुनी प्रक्रिया अगाडी बढाउने सूचनामा उल्लेख छ ।

त्यसैगरी ऋण तिर्न अटेर गर्ने ऋणी सदस्यहरुको हकमा सहकारी ऐन बमोजिम सदस्यहरुको बैंक खाता, जायजेथा तथा स्वामित्व हस्तान्तरण, नामसारी वा विक्र्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउने सूचनामा भनिएको छ । यसर्थ सहकारी ऐन नियम , निर्देशिका र मापदण्डको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो, सोही बमोजिम ऋणको साँवा ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा भुक्तानी गरी सहकारीमा देखिएको समस्या समाधानमा सहयोग गर्न महानगरपालिकाले अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*