कृषि विकास बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न

१ चैत्र २०८०, बिहीबार १०:०७

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा फागुन ३० गते सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको प्रतिवेदन, वासलात, नाफा–नोक्सान, ईक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण पारित गरेको छ । साथै, बैंकको सहायक कम्पनी, कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्तीको प्रस्ताव पारित भएको छ ।

साधारण सभामा विभिन्न निकाय तथा संघसंस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु तथा संचालक समितिका सदस्य महेश आचार्य, डा.राजेन्द्र प्रसाद मिश्र, गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाँई र रीता सुवेदीको उपस्थिती थियो भने साधरण सभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*