हाथवे इन्भेष्टमेण्टले म्युचुअल फन्डलाई छुट्याएको शेयरको ‘लक इन’ अवधि आज सकिँदै

१ चैत्र २०८०, बिहीबार ११:१३

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सामूहिक लगानी कोषहरुका लागि छुट्याएको साधारण शेयरको ‘लक इन’ अवधि आज अर्थात् चैत्र १ गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि होल्ड गरिएको शेयर कारोबार गर्न मिल्नेछ ।

नेपाल धितोपत्र बोर्डले गत कात्तिक २० गते दिएको निर्देशन अनुरुप कम्पनीले सामूहिक लगानी कोष योजनाहरुलाई बाँडफाँड गरेको साधारण शेयर सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरी बाँडफाँड भएको मितिले ६ महिना अवधिसम्म ‘लक इन’ मा राख्नुपर्ने भएको थियो ।

सामूहिक लगानी कोषको ‘लक इन’ मा ३६ हजार ५१२ कित्ता साधारण शेयर रहेका छन् । यो शेयर अब चैत्र १ गतेपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*