कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी, आवेदन भर्ने आज अन्तिम मौका

१ चैत्र २०८०, बिहीबार ११:२३

काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारीको लागि माग गरेको दरखास्त भर्ने आज अर्थात् चैत १ गते अन्तिम दिन रहेको छ । बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

बैंकले शाखा प्रमुख र वरिष्ठ लेखा अधिकृतमा दुई–दुई जना, व्यवसाय अधिकृतमा ३२ जना, कम्प्युटर अधिकृतमा दुई तथा ईन्जिनियर आईटीमा एक जना, कर्जा अधिकृतमा ६ जना, व्यवसाय सहायकमा १६ जना, कानून सहायकमा एक तथा कर्जा सहायकमा तीन जना, ओभररियरमा एक र लेखपालमा ४६ जना कर्मचारी माग गरको छ ।

तोकिएको योग्यता पुगेका इच्छुुक नागरिकले दोब्बर दस्तुर तिरी चैत्र ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*