५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने नबिल बैंकको निर्णय

१ चैत्र २०८०, बिहीबार ११:३२

काठमाडौं । नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

संचालक समितिको बैठकले ८ वर्षे अवधिका लागि पर्पेचुअल प्रकृत्तिको अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो । नियामक निकायले स्वीकृत दिएपछि उक्त सेयर जारी हुनेछ ।

बैंकले प्रतिइकाइ १०० रुपैयाँ दरका ५ करोड इकाइ अर्थात् ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशन गर्न लागिएको हो । उक्त इकाइ खरिद गर्नेहरुले प्रतिवर्ष ८ प्रतिशतका दरले लाभांश पाउने छन् र उक्त इकाइहरु ८ वर्षपछि स्वत सेयरमा परिणत हुनेछ ।

यो उपकरणलाई नबिल बैंकले ८ प्रतिशत नबिल डिबेञ्चर २०७९ नाम दिएको छ ।

1710392532174

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*